अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०९ | Colorodo: 16:24

सरिता अर्यालको कथासङ्ग्रह ‘पुरुष’ सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत २४ गते १३:३८ मा प्रकाशित

काठमाडौँ, कथाकार सरिता अर्यालको दोस्रो कथासङ्ग्रह ‘पुरुष’ आज विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा सांसद पम्फा भुषाल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, कवयत्री कुन्ता शर्मा, लेखक सरिता अर्याललगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै आयुक्त तिम्सिनाले कथामा लेखिकाले आफ्नै वरिपरि आफैँले देखेका पात्रका कथालाई सिलसिलाबद्ध रूपमा पस्केको बताउनुभयो । उहाँले पुरुषमाथि भइरहेका घटनालाई यथार्थ रूपमा उतारेको बताउनुभयो ।

समीक्षक महेश पौड्यालले कथामा महिला पुरुषबिच हुने प्रेम, बिछोड, पुरुषद्वारा प्रताडित महिलाका कथा व्यथा नै समेटिएको बताउनुभयो । उहाँले लेखकले समाजमा घटिरहेका घटनालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । 

त्यसै गरी, कथाकार अर्यालले यौन मनोविश्लेषणात्मक कुरालाई यथार्थपरक घटनालाई प्रस्तुत गरिएको बताउनुभयो । उहाँले पुरुषको विरोधका लागि पुस्तकको नाम ‘पुरुष’ नराखिएको स्पष्ट पार्दै पुस्तकमा समाजमा पुरुषकाकारण घरमा भएको अवस्थाको बारेमा चित्रण गरिएको बताउनुभयो । विभिन्न १६ अध्यायमा लेखिएको उक्त पुस्तकमा लेखिकाले वैदेशिक रोजगारमा पुरुष जाँदा हुने घरको अवस्था तथा लैङ्गिक विभेदका बारेमा लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू