अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

डीपीएल क्रिकेटः महेन्द्रनगर युनाइटेड प्लेअफमा

बिआरटीनेपाल २०७४ चैत २४ गते १०:३८ मा प्रकाशित

धनगढी – शुक्रवार राति वर्षासँगै आएको हावाहुरीका कारण मैदानको भौतिक संरचनामा पुगेको क्षतिका कारण पूर्वाधारमा क्षति पुगेका कारण धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शनिवारको पहिलो खेल स्थगित भएको छ।

खेल स्थगित भएसँगै महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाले एक–एक अङ्क बाँडेका छन्। यो सँगै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ।

यो सँगै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको महेन्द्रनगर चार खेलबाट पाँच अङ्क जोड्दै प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ। चारखेलबाट ३ अङ्क बनाएको अत्तरिया तालिकाको पाँचौँ स्थानमा छ।प्रतियोगितामा ४ मध्ये ४ खेल नै जित्दै काठमाडौँ गोल्डेन्स प्लेअफमा प्रवेश गरिसकेको छ। 

प्रतिक्रिया