अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

टिम चौराह धनगढी प्लेअफमा प्रवेश,रुपन्देही जित विहीन

बिआरटीनेपाल २०७४ चैत २४ गते १०:३४ मा प्रकाशित

धनगढी – टिम चौराह धनगढी डीपीएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढीले रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै प्लेअफमा पुग्ने तेस्रो टिम बनेको हो।

रुपन्देहीले भने प्रतियोगितामा कुनै पनि जित निकाल्न सकेन्। वर्षाले गर्दा मैदान भिजेका कारण ढिला गरी सुरु भएको खेल ८ ओभरमा छुट्याएको थियो।

धनगढीले दिएको ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा ७३ रनमात्र बनायो। उसका लागि सागर पुनले १६ बलमा ३ चौका र ३ छक्काको सहायतामा सर्वाधिक ३३ रन बनाए। त्यस्तै दीपक प्रसादले १६ र सुफ्यान मेहमुदले नटआउट ८ रनको योगदान दिएपनि टोलीकाे जितविहीन यात्रालाई अन्त्य गर्न सकेनन्। निकै रोमाञ्चक बनेको खेलमा अन्तिम ओभरमा जितका लागि १४ रनको आवश्यक भएको समयमा धनगढीका योगेन्द्रसिंह कार्कीले कसिलो बलिङ गरेपछि रुपन्देहीका खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन्। 

अन्तिम ओभरको पहिलो बलमा १ रन बनेको थियो,दोस्रो बलमा कुनै रन बन्न सकेन्,तेस्रो बलमा विकेट विकेट गुमाएको रुपन्देहीले चौथो बलमा वाइडसहित २ रन पायो, अन्तिम २ बलमा ११ रन चाहिएको अवस्थामा पाँचौँ बलमा १ रन मात्र आएपछि रुपन्देहीको हार निश्चित बनेको थियो। खेलको अन्तिक बलमा भने सुफ्यानले छक्का प्रहार गरेका थिए।

धनगढीका लागि रोहन मुस्तफाले २ र ललित भण्डारीले १ विकेट लिए। यसअघि धनगढीस्थित सङ्घीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको टिम चौराह धनगढीले ८ ओभरमा ७ विकेटको क्षतिमा ७६ रन जोडेको थियो। धनगढीका लागि सोनु तामाङले १४ बलमा ३४ रन बनाए। उनले १ चौका र ४ छक्का प्रहार गरे। सोनु खेलको म्यान अफ दि म्याच घोषित भए। त्यस्तै रोहन मुस्तफाले १३ बलमा १५ र राजेश पुलामी मगरले ५ बलमा १ छक्काको मद्दतमा ९ रन बनाए। रुपन्देहीका लागि सुसान भारीले ३, दिपेश श्रेष्ठले २ तथा सागर पुन र शक्ति गौचनले एक–एक विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू