अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

दुर्लभ कप ४ करोड डलरमा बिक्री

बिआरटीनेपाल २०७४ चैत २४ गते १०:१६ मा प्रकाशित

चीनको एक ऐतिहासिक कप झन्डै चार करोड डलरमा बिक्री भएको छ । चिनियाँ शासक काङ्जीका लागि बनाइएको सो दुर्लभ कप तीन करोड ९० लाखमा लिलाम बिक्री गरिएको हो । केवल १४ दशमलव ७ सेन्टिमिटर व्यास भएको सो कपलाई चिनियाँ र पश्चिमी प्रविधिको प्रयोग गरी इनामेल लगाइएको छ । कपमा ड्याफोडिललगायतका फूलहरूको चित्र छ, जुन प्रायः चिनियाँ भाँडाकुँडामा प्रयोग हुँदैन ।

सो कपलाई १८औँ शताब्दीमा चीनका सम्राट काङ्जीले प्रयोग गरेका थिए । कपलाई लिलाममा राखिएको पाँच मिनेटमै ग्रेटर चाइना क्षेत्रबाट फोनमार्फत एक अज्ञात व्यक्तिले किनेका थिए । सोथबाई एसियाका अध्यक्ष निकोलस चोका अनुसार कपलाई चीनका पूर्वसम्राटहरूको दरबार बेइजिङस्थित फरबिडन सिटीमा शिल्पकारहरूको एउटा सानो समूहले निर्माण गरेको थियो ।

सो समूहलाई युरोप जिसुट्स कम्पनीका प्राविधिकको नयाँ प्रविधि र सामग्री प्रयोग भएको थियो । एसियामा पछिल्ला वर्षहरूमा हङकङका कम्पनी र व्यक्तिले लिलाम किन्ने क्रम बढ्दो छ । डायमन्ड, ह्यान्डब्याग र प्राचीन माटोका सामग्रीको हङकङमा लिलाम बिक्री हुने गरेको छ । गत वर्ष चीनको सोङ वंशको एउटा एक हजार वर्ष पुरानो कचौरालाई तीन करोड ७७ लाखमा बिक्री गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू