अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

भूधराको ‘धराश्री’ लोकार्पित

कृष्ण बजगाइ, काठमाडौँ  २०७४ चैत २३ गते २३:३५ मा प्रकाशित

कथाकार भूधरा उपाध्यायद्वारा लेखिएका १८ कथाहरूको सङ्ग्रह धराश्री शुक्रवार एक समारोहका बिच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सो सङ्ग्रहको विमोचन गरे । समकालीन साहित्य प्रतिष्ठान, बेलायतको नेपाल सम्पर्क कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. घिमिरेले नेपाली कथाका क्षेत्रमा एक कुशल नारी हस्ताक्षरको आगमन भएको उल्लेख गरे । 

कार्यक्रममा वरिष्ठ कथाकार माया ठकुरीले भूधराका कथाहरू पढ्दा आफूलाई उनीप्रति इश्र्या लागेको उल्लेख गर्दै कथाकारले सङ्ग्रहमा प्रस्तुत कथामा फरक स्वाद पस्केको बताइन ।

समकालीन साहित्य प्रतिष्ठान, बेलायत नेपाल सम्पर्क समितिका उपाध्यक्ष साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा। कृष्ण उपाध्याय, डा। लेखप्रसाद निरौला, लेखक भूधरा उपाध्याय, छविरमण सिलवाल, यादव भट्टराई र जीवन भट्टराईले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू