अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

धनगढी प्रिमियर लिग : काठमाडौँ गोल्डेन्सको लगातार जित

बिआरटीनेपाल २०७४ चैत २३ गते ९:४२ मा प्रकाशित

धनगढी, रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । काठमाडौँ गोल्डेन्सको यो लगातार चौथो जीत हो । विराटगर किंग्सलाई पाँच विकेटले पराजित गरेको काठमाडौँ क्वालिफायरमा पुगेको छ ।

टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनायो । १६५ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंँले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनायो ।

काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ६८ रन बनाए । उनले ४० बलमा चार छक्का र पाँच चौका प्रहार गरे । भुपेन्द्र थापाले २८ बलमा ३६ रन बनाए । उनले दुई छक्का र तीन चौका हाने । सन्नी पटेलले तीन छक्का र एक चौकासहित १० बलमा २५ तथा पुष्प थापाले २४ रन बनाए । सुबोथ भाटीले १० रनको योगदान दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू