अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

भिडियो पखेटा शुक्रवार सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७४ चैत २३ गते ८:५६ मा प्रकाशित

पछिल्लो समय गीतलाई जति सुन्ने गरिन्छन त्यो भन्दा बढी हेर्ने गरिन्छ । यसैले होला पछिल्लो समय गीतको भिडियोलाई बनाउँदा विशेष ध्यान दिने गरिन्छ । यस्तै देखिएको छ, सार्वजनिक भिडियो ’पखेटा’ मा पनि । शुक्रवार सार्वजनिक गरिएको भिडियो बनिरहेको भन्दा केही फरक छ । मनिष बशिष्टको शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको सङ्गीत रहेको छ भने यसलाई प्रविशा अधिकारी र विष्णु आचार्यले गाएका छन् ।

निकेश खड्काको निर्देशनमा तयार भएको गीतमा स्याडो एक्ट देखाइएको छ । गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको योगीत वान सटमै छायाङ्कन गरिएको हो । यस किसमको भिडियो नेपालमा भने विरलै बन्ने गर्छन् । गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् ।

गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका हुन् । यसमा सुबोल थापा , राजु नेपाली , अनन्त राई , रिना खत्री , सरिना सुनुवार , अनिमा लामाको अभिनय रहेको छ । यसमा मेकअप सविना लामाको रहेको छ भने यसलाई वान सटमै उत्तम हुमागाईंले छायाङ्कन गरेका हुन् । भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।

निकेश खड्का: भिडियोमा हामीले कथालाई स्याडो एक्ट मार्फत प्रस्तुत गरेका छौ । स्टुडियोमा सेट लगाएर यस गीतमा प्रस्तुत स्याडो एक्टलाई वान सट नै छायाङ्कन गरिएको थियो । पछिल्लो समय बनिरहेका म्युजिक भिडियो भन्दा केही फरक बनाउने प्रयास अनुरूप यसकिसिमको भिडियो तयार गरेका हौ । धनले पखेटा फिजाउछ तर त्यसको मात लागेपछि के हुन्छ भन्ने अवस्थालाई गीतमा चित्रण गरेका छौ । 

सम्बन्धित सामग्रीहरू