अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

आजदेखि सरकारी सिटामोल बजारमा, वीर अस्पतालबाट विक्री शुभारम्भ

बिआरटीनेपाल २०७४ चैत २३ गते ५:२२ मा प्रकाशित

नेपाल औषधि लिमिटेडले आजदेखि सिटामोलको बिक्री वितरण शुभारम्भ गरेको छ। लिमिटेडले वीर अस्पताललाई ३० हजार ट्यापलेट सिटामोल बिक्री गरेको छ।

वीर अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले लिमिटेडले गुणस्तरीय चक्की उत्पादन गरेको र किन्न पाउँदा खुशी लागेको बताए।  यसरी सिधैँ किन्दा टेन्डरको पनि झन्झट नहुने उनकाे भनाइ थियो।

लिमिटेडका महाप्रबन्धक रोभसकुशम सुवदीले ‘प्रति ट्याबलेट ७७ पैसामा ३० प्रतिशत नाफा राखी अस्पताललाई बेचेको बताए। उनले सिटामोल उत्पादनपछि क्रमिक रुपमा आइरन चक्की, जुकाको औषधि पनि बजारमा ल्याउने तयारी भईरहेको  बताए।

सुवेदीले नेपाली बजारमा वार्षिक १५ करोड चक्की आवश्यक पर्ने तर लिमिटेडले त्यसको आधा मात्र उत्पादन गरिरहेको र बिस्तारै क्षमता बढाउँदै लैजाने बताए। उत्पादन मितिदेखि अहिलेसम्म १० लाख सिटामोल उत्पादन भइसकेको र आइतबारबाट देशभरि वितरण गर्ने  सुवेदीले जानकारी दिए। सिटामोलको खुद्रामूल्य प्रतिट्याबलेट एक रुपैयाँ पर्नेछ।

लिमिटेडले फागुनमा ८० हजार चक्की सिटामोल परिक्षणका लागि उत्पादन गरेको थियो। २०२९ सालमा स्थापना भएको लिमिटेड विश्व स्वास्थ्य संगठनका मापदण्ड(जिएमपी) पूरा गर्न नसकेर बन्द भएको ७ वर्षपछि तत्कालीन उधोगमन्त्री नविन्द्र राज जोशीको पहलमा गत बैशाखबाट  पूनसञ्चालनमा आएको हो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू