अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

बिआरटीनेपाल २०७४ चैत २३ गते ५:११ मा प्रकाशित

 

सोल. दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ ।

उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवानाको सजाय सुनाइएको छ ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँलाई २४ वर्षको लामो जेल सजाय दिइएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहनु भएको थियो ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उहाँ अनुसन्धानका लागि थुनामै रहदै आउनुभएको थियो ।

उहाँलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको थियो । यद्यपी उहाँले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उहाँलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलहरूले गरेका थिए ।

पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँ दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुहुन्थ्यो । उहाँमाथि राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसद्मा महाभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू