अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

पूर्व उपकुलपति प्राडा त्रिपाठीको प्रमुख अातिथ्यतामा एकदिने छन्द उत्सव कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७४ चैत २२ गते २३:०६ मा प्रकाशित

नेपालको केन्द्रीय राजधानी काठमाण्डाैंमा वरिष्ठ समालोचक तथा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा वासुदेव त्रिपाठीको प्रमुख अातिथ्यतामा एकदिने छन्द उत्सव कार्यक्रम यही चैत्र २४ गते शनिवार दिउँसो ठिक १ बजेदेखि सम्पन्न हुने भएको छ् । छन्द अलङ्कारको आयोजनामा सम्पन्न हुने उक्त छन्द उत्सवमा निम्न विभिन्न कार्यक्रमहरू सम्पन्न हुनेछन ।

१. डा. रामप्रसाद ज्ञवली र डा. देवी नेपाल लिखित नेपाली छन्द कविता लेखन अबको गन्तव्य विषयक अवधारणा पत्र प्रस्तुत हुने छ । नेपाली छन्द साहित्यका विज्ञ अभियान्ता र विद्वान मर्मवेत्ताद्वारा सम्युक्त तयार परिएको यस अवधारणा पत्रले डायसपोरामा नेपाली छन्द साहित्यलार्इ उचित अग्रगमन र समयानुकूल मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

२. प्रथम विश्वव्यापि नेपाली छन्द कविता भिडियो प्रतियोगिताका पुरस्कार वितरणकासाथै १० उत्कृष्ट कविताहरू समेटिएको छन्द अलङ्कार विशेष श्रृंखला कार्यक्रम लोकार्पण हुने छ ।

३. छन्द अलङ्कारमा विभिन्न महत्त्वपूर्ण जिमेदारिताहरू निर्वाह र कार्यान्वयन गर्दै रहनु भएकी अमेरिकाको भर्जिनिया निवासी वरिष्ठ छन्द कवि दुर्गा रिजालको दोस्रो छन्द कविता कृति पातालको तालको लोकार्पण तथा अन्तर्क्रिया सम्पन्न हुने छ । उक्त कृति छन्द अलङ्कारले प्रकाशन गरेको हो ।

४. देश विदेशबाट आएका छन्द अलङ्कारका प्रतिनिधिहरू र प्रथम विश्वव्यापि नेपाली छन्द कविता भिडियो प्रतियोगिता सामेल भएर पहिलो, दोस्रो, तेस्रो, र सान्त्वना स्थान हासिल गर्न सफल लोकप्रिया कविहरूका प्रतिनिधि कविताहरू वाचन पनि हुने छ ।

५. कार्यक्रम छन्द अलङ्कारका नियमित श्रृंखला उत्पादनका निम्ति प्रतिनिधि कविहरूका उत्कृष्ट कविता रेकर्ड पनि सँगसँगै गरिने भएको हुँदा तयारीका साथ कार्यक्रममा आउन कविहरूमा अनुरोध पनि गरिएको छ ।

६. सम्युक्तराज्य बेलायतमा स्थापना भएको शान्तादेवी लुर्इंटेल प्रतिष्ठानले नेपाल बाहिर रहेर नेपाली छन्द साहित्यमा अब्बल योगदान दिनु भएकोमा अमेरिकाको भर्जिनिया निवासी वरिष्ठ छन्द कवि दुर्गा रिजाललार्इ सार्वजनिक सम्मान पनि गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू