अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

३३ किलो सुन र हत्या प्रकरणमा एसएसपी नै छानबिनमा

बिआरटीनेपाल २०७४ चैत २२ गते २१:२३ मा प्रकाशित

काठमाडौं,चैत्र २३ : महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् ।

प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू