अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि २५ गतेसम्म

बिआरटीनेपाल २०७४ चैत २२ गते १०:४४ मा प्रकाशित

काठमाडौं– अन्र्तराष्ट्रिय चिया महोत्सवको सम्पूर्ण तयारी पुरा भएको  चिया तथा कफि विकास बोर्डले जनाएको छ । डिस्कभरीङ हिडन ट्रेजर भन्ने नाराका साथ आयोजना गर्न लागिएको तेस्रो अन्र्तराष्ट्रिय चिया महोत्सव चैत २३ गतेदेखि २५ गतेसम्म चल्नेछ । महोत्सवमा नेपाल सहित अमेरिका, अष्ट्रेलिया, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, रसिया, डेनमार्क र भारतका २९ प्रतिनीधिहरु सहभागी हुनेछन् ।  चिया तथा कफि विकास बोर्डको आयोजनामा हुने सम्मेलन राजधानीको याक एण्ड यति होटलमा हुनेछ ।  कार्यक्रममको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनबाट गरिनेछ । 
नेपालमा वार्षिक २ करोड ४० लाख  केजी चिया उत्पादन हुदै आएको छ ।  जसमध्ये ५५ लाख केजी चिया अर्थोडक्स हो ।  अर्थोडक्स चियाका लागि आवश्यक चियापति उत्पादनमा ८० प्रतिशत साना किसानको सहभागी रहेको छ । यसबाट झण्डै ६० प्रतिशत महिलाले प्रत्यक्ष लाभ लिइरहेका छन् ।  नेपालमा झण्डै २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू