अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

वैशाख ९ मा पार्टी एकता हुन्छ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७४ चैत २२ गते ९:३३ मा प्रकाशित

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी एकता गर्ने समझदारी भएको बताउनुभएको छ ।

प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताउनुभयो ।

“अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि एकताको कुरा टुङ्गााएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं ।” 

कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको उल्लेख रहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।”

नव आगन्तुकलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू