अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

एनसिसि रसियाद्वारा सहयोग हस्तान्तरण

बिआरटीनेपाल २०७४ चैत २२ गते ९:२० मा प्रकाशित

श्री नेत्र बहादुर खत्री विगत केही वर्ष देखी रसियामा रोजगारीको शिलासिलामा आउनु भएको र रोजगारी गर्ने क्रममा अचानक दुवै मृगौंला फेल भएर अहिले काठमाण्डौको रहेको राष्ट्रिय मृगैले केन्द्रमा उपचारार्थ भर्ना हुनु भएको छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना सहित गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रसियाले उहाँलाई रु. १८२,९०० (एक लाख बयासी हजार नौंसय) सहयोगार्थ उहाँको आफन्तलाई आज गैर आवासीय नेपाली सङ्घको सचिवालयमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रामेश्वर गौंतम र गैर आवासीय नेपाली सङ्घका सचिव जानकी गुरुङ्गले संयुक्त रूपमा चेक हस्तान्तरण गर्नु भयो । 

यस कार्यक्रममा ओसेनियाका क्षेत्रीय महिला उपसंयोजक प्रीति शर्मा, एनसिसि रसियाका संरक्षक उत्सव कुमार अमात्य, एनसिसि कोरियाका महासचिव डा. इन्दिरा तिवारी र विभिन्न मुलुकबाट आउनु भएका गैर आवासीय नेपालीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू