अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

निजी क्षेत्रको साझेदारीमा प्रदेशलाई समृद्ध बनाउँछौँ : मुख्यमन्त्री राई

बिआरटीनेपाल २०७४ चैत २१ गते १९:४५ मा प्रकाशित

मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रको साझेदारीमा लगानी भित्र्याएर प्रदेश १ लाई समृद्ध बनाउने बताएका छन् । आर्थिक विकासका लागि आवश्यक नीति बनाउँदा निजी क्षेत्रलाई थिंक ट्यांकको रूपमा प्रयोग गर्ने उनले घोषणा गरे । नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकको आयोजनामा बुधबार विराटनगरमा भएको ‘आर्थिक समृद्धिका लागि प्रादेशिक बहस’ कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा लगानीको ठूलो सम्भावना भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकको सहकार्यमा विराटनगरमा आयोजित प्रादेशिक बहस ‘कृषि, उनले भने, ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, संस्कृति सबै क्षेत्रको विकासका लागि यो प्रदेशमा सम्भावनै सम्भावना छ, यसैले निजी क्षेत्रको सहकार्यमा लगानी भित्र्याएर दुनियाँलाई देखाउने गरी विकास गर्न सक्छौँ ।’

प्रदेश सभामा माओवादी संसदीय दलका सचेतक टंक आङ्बोले कृषि, ऊर्जा, पर्यटन, सबै क्षेत्रले उत्कृष्ट रहेको प्रदेश–१ मा बस्तुवादी अध्ययन गरेर योजना बनाउन सके आर्थिक समृद्धि टाढा नभएको बताए । उनले निजी क्षेत्रको साझेदारीमा केन्द्र र प्रदेश सरकारबीच समन्वय गरेर काम गरे पाँच वर्षभित्र समृद्धि हासिल हुने बताए ।

प्रदेश सभामा कांग्रेस सचेतक केदार कार्कीले हुलाकी करिडोरलाई कृषि करिडोरमा विकास गर्न सके कृषि उत्पादन वृद्धि हुने बताए । उनले विराटनगर राजाको दरबारलाई संरक्षण गरेर पर्यटन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू