अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

मुख्यमन्त्री पौडेल र धुर्मुसले गरे गौरीटार रंगशालाको अवलोकन

बिआरटीनेपाल २०७४ चैत २१ गते १९:४० मा प्रकाशित

चर्चीत कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बुधबार हेटौँडा नगरपालिका–६ मा रहेको गौरीटार रंगशालाको अवलोकन गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको खोजी गरिरहेका उनले गौरीटारस्थित रंगाशाला अवलोकन गरेका हुन्।

निर्माणको क्रममा रहेको रंगशालाको जग्गा अवलोकन गर्न प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको पनि सहभागिता रहेको थियो । २३ बिघा क्षेत्रफलमा फैलिएको रंगशालालाई प्रतिष्ठानको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको छ। अवलोकनपछि मुख्यमन्त्री पौडेलले सरकार धुर्मुसलाई क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउन तयार रहेको बताए।

धुर्मुसले भने भौगोलिक हिसाबले रंगशालाको जग्गा उपयुक्त रहेको भन्दै आईसीसीको मापदण्डअनुसार प्राविधिक दृष्टिकोणले उपयुक्त देखिए काम अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे । आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू