अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

व्यक्तीगत लगानिमा जाजरकोटको दर्गम गाउँमा बन्यो विशाल अस्पताल

बिआरटीनेपाल २०७४ चैत २१ गते १९:३८ मा प्रकाशित

जाजरकोटको दुर्गम गाउँ दशेराको बडावनमा निर्माणाधीन अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शिलान्यास गरिएको ६ महिनापछि अस्पताल निर्माण सम्पन्न हुन लागेको हो ।

पूर्व सांसद तथा समाजसेवी राजीवविक्रम शाहले व्यक्तिगत लगानीमा बडावनमा २५ शैश्याको अस्पताल निर्माण सम्पन्न हुन लागेको हो । शाहले कुमारी ट्रस्ट मार्फत ५ करोड रुपैयाको लगानीमा छेडागाड नगरपालिका—५ थलबजार नजिकैकै बडावनमा अस्पताल निर्माण गर्नु भएको हो । आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ । 

जाजरकोटका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण थालेको पूर्व सासंद शाहले बताउनु भयो । पञ्चकन्या गुप्रका मार्केटिङ्ग इन्जियनर शंभू कर्णले अस्पताल भवन निर्माणमा पञ्चकन्या लाइट जेज स्टिल स्ट्रक्चर प्रविधिको प्रयोग गरिएको बताउनु भयो । भवन निर्माणको काम सकिएको छ भने अव ग्राउण्ड गर्ने काम वाकी रहेको भवन उहाँले बताउनु भयो । अहिले झ्याल र ढोकामा रंगरोगन गर्ने काम चलिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । टयल लगाउने देखि अन्य फिनिसिङको काम भने कुमारी ट्रस्टले गर्ने बताएको छ ।

२५ शौयाको अस्पताल भवनका साथै डाक्टर र स्टार्पहरुको लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि निर्माण गरिएको छ । माइनर अप्रेसन पनि गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । भुकुम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालको लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाका उपकरण पनि किनिएको छ । अस्पताल संचालनमा आएपछि जाजरकोटका साथै पश्चिम सल्यान र पूर्वी सुर्खेतका जनताले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने छन ।

२५ शैयाको अस्पाल निर्माण भएपछि यस क्षेत्रका जनता निकै हर्षित भएका छन । अस्पताल निर्माणपछि माइनर अप्रेसन पनि हुने भएकोले विपन्न जनतालाई धेरै राहात पुग्ने बताएको छ । शाहले २०७० सालको निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता गर्नु भएको थियो । व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको बाचा पुरा गर्नु गरेको शाहले बताउनु भयो ।

शाहले सांसद भएको अवधिमा समस्या परेका नागरिकका सहयोगमा करिव ६० लाख रुपैया खर्च गर्नु भएको थियो । उहाँले संसदको तलव भत्ता पनि लिनु भएन । त्यो रुपैया गरिव तथा विपन्न जनताको लागि खर्च गर्नुभयो । पूर्व सांसद शाहले जाजरकोटको पूर्वाधार निर्माण, जनशक्ति उत्पादन, शिक्षा, स्वास्थ्यमा बढ्ता फोकस दिनु भएको थियो । गाउँ गाउँलाई सडक संजालले जोडनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू