अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन : मन्त्री गिरिराजमणि पोखरेल

बिआरटीनेपाल २०७४ चैत २१ गते १९:२१ मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले मनलाग्दी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । ‘शिक्षा क्षेत्र मुनाफा कमाउने क्षेत्र होइन,’ निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भने,’मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस् । यही क्रम जारी रह्यो सरकारले नियमअनुसार कारवाही थाल्छ ।

’विद्यार्थीहरुलाई पुस्तकको भारी बोकाएर शिक्षा नबढ्ने भन्दै मन्त्री पोखरेलले बताए । विद्यार्थीले बोक्नैं नसक्नेगरी अव्यवहारिक ढंगले पुस्तक किन्न लगाउनु गलत हो मन्त्री पोखरेलले भने,’ सामाजिक न्यायमा आधारित रहेर काम गर्नुस् ।’

नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासोहरु आएका बताउँदै पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू