अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

मेक्सिकोसँगको सीमाक्षेत्रमा अमेरिकाले सैनिक खटाउने

बिआरटीनेपाल २०७४ चैत २१ गते ११:४७ मा प्रकाशित

वासिङटन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताउनु भएको छ । आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउँदा सम्मका लागि सैनिक खटाउन लागिएको राष्ट्रपति ट्रम्पले मङ्गलवार बताउनु भयो ।

“हामीले हाम्रा सैनिकहरू मार्फत हाम्रो सीमाक्षेत्र घेर्न गइरहेका छौँ,” ह्वाईट हाउसमा ट्रम्पले संवाददाताहरूसँग भन्नुभयो ।  स्टोनिया, लाट्भीया र लिथुनियाका नेताहरूसँगको भेटपछि उहाँले यस्तो बताउनु भएको विभिन्न सञ्चार माध्यमहरूले समाचारमा जनाएका छन् ।

“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदासम्म उनीहरूलाई त्यही खटाइने छ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो निकै ठुलो कदम हो ।”राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति निर्वाचित हुने निर्वाचनको बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने एजेन्डालाई प्रमुख चुनावी एजेन्डाको रूपमा प्रचार गर्नुभएको थियो ।

उहाँले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनु पर्ने कुरालाई महत्त्वका साथ बेला बेलामा उठाउने गरे पनि पर्खाल लगाउन भने सक्नु भएको छैन । सीमा क्षेत्रमा पर्खाल लगाउनु पर्ने राष्ट्रपति ट्रम्पको प्रस्तावले अहिले राजनीतिक र कान्ूनी चुनौतीहरू झेलिरहेको छ । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू