अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

कवि एवम् उधोगपति चौधरीको ९ भाषामा पुस्तक विमोचन

बिआरटीनेपाल २०७४ चैत २१ गते ११:३१ मा प्रकाशित

कवि एवम् उधोगपति वसन्त चौधरीका नौ भाषाका काव्यकृति वसन्त कविता सङ्ग्रहको आज एक समारोह बिच सामूहिकरुपमा विमोचन गरियो।

नेपाली भाषामा लेखिएको साहित्यिककृति वसन्त कविता सङ्ग्रहलाई अन्य आठ भाषामा अनुवादगरि साहित्य विधाका विशिष्ट व्यक्तिहरू व्दारा नौ वटा कृतिहरूको आज एकै पटक विमोचन गरिएको हो। वसन्त कविता सङ्ग्रह नेपाली ,अङ्ग्रेजी ,हिन्दी ,नेवारी, मैथली, भोजपुरी, तामाङ बङ्गाली र मारबाडी भाषामा प्रकाशित छन्।

नेपाली भाषामा लेखिएको कवि एवम् उधोगपति वसन्त चौधरीको वसन्त कविता सङ्ग्रहलाई सुरेशकिरण मानन्धरले नेवारीमा, डी बि गुरुङले अग्रेजीमा, गोपाल अस्कले हिन्दीमा, लक्ष्मण नेवटियाले मारवाडीमा, धीरेन्द्र प्रेमर्षिले मैथलीमा, गोपाल ठाकुरले भोजपुरीमा, फूलमान बलले तामाङमा र राजेन्द्र गुरागाईले बङ्गालीभाषामा अनुवाद गर्नु भएको हो ।

कवि एवम् उधोगपति वसन्त चौधरी यो छौटौ कृति हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू