अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

वैशाख १ गतेदेखि बुद्ध एयरकाे काठमाडाैं-सुर्खेत नियमित उडान

बिआरटीनेपाल २०७४ चैत २१ गते ११:२९ मा प्रकाशित

बुद्ध एयरको एटिआर ४३–३२० विमानले काठमाडौं–सुर्खेत सफल परीक्षण उडान गरेको छ।

२०७५ वैशाख १ गतेदेखि नियमित उडानका लागि बुद्ध एयरले बुधबार परीक्षण उडान गरेको हो।

बुद्धले २०६९ पुषदेखि २०७० आषाढसम्म काठमाडौं–सुर्खेत दैनिक उडान गर्दै आएको थियो। सो अवधिमा पर्याप्त यात्रु नहुँदा उडान राेकिएको थियो। मुलुक संघीयतामा गएपछि सुर्खेत कर्णाली प्रदेशकाे सदरमुकाम ताेकिएकाे छ। वैशाखबाट काठमाडौं–सुर्खेत दैनिक उडान हुनेछ। बुद्ध एयरको एटिआर जहाजले दैनिक काठमाडौं–सुर्खेत उडान गर्ने बुद्धको योजना छ।

नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकिएअनुसार काठमाडौं–सुर्खेतको अधिकतम एकतर्फी भाडा दर ११ हजार चार सय १९ रुपैँया भए पनि ९ सिट ८ हजार पाँच सय र बाँकी ९ सिट १० हजार पाँच सयमा बिक्री गर्ने विमान कम्पनीले जानकारी दिएको छ। हवाई सेवा सञ्चालनबाट स्थानीयबासी लाभान्वित हुने बुद्ध एयरको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू