अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

आर्थिक वर्ष २०७३-०७४मा ६२ प्रतिशत मुद्दा फछर्याेट

बिआरटीनेपाल २०७४ चैत २१ गते १०:०१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा कामु प्रधानन्यायाधीश जोशीले राष्ट्रपति भण्डारीसमक्ष बुझाउनुभएको प्रतिवेदनमा सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, राजश्व न्यायाधीकरण, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका न्याय सम्पादनसम्बन्धी मुख्य मख्य विवरण छन् । 

सर्वोच्च अदालत मातहतका अदालत तथा न्यायाधीकरणमा गत आवमा दुई लाख ५४ हजार ५२९ थान मुद्दा रहेकामा करिब एक लाख ५७ हजार (६१.८८ प्रतिशत) मुद्दा फछ्र्याेट भएको छ । बाँकी ९७ हजार ३४ थान मुद्दा भएको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो आवमा दुई लाख सात हजार ३६१ थान मुद्दा भएकामा एक लाख १८ हजार २५१ (५७.०३ प्रतिशत) मुद्दा फछ्र्याैट गरेको थियो । गत वर्ष आवको तुलनामा यस आवमा ४.८५ प्रतिशत मुद्दा बढी फछ्र्यौट भएको छ ।

नेपालको संविधानको धारा १३८ बमोजिमअनुसार सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, महान्यायाधिवक्ता अग्निप्रसाद खरेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू