अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

क्यान्सर पत्ता लगाउने ‘एम्क्याड-भिटी’ भित्रियो

बिआरटीनेपाल २०७४ चैत २० गते २०:०० मा प्रकाशित

काठमाडौँ,चैत्र २० : नेपाल हेल्थ केयर सोलुसनले थाइराइड क्यान्सर पत्ता लगाउने एम्क्याड भिटी मेसिन नेपालमा भित्र्याएको छ । सो प्रविधिको प्रयोग वीर अस्पतालबाट सुरु गर्ने नेपाल रेडियोलोजिस्ट एसोसिएसनका अध्यक्ष डा. स्वयंप्रकाश पण्डितले बताएका छन् ।

‘एम्क्याड-भिटी’ नामक सो अल्ट्रासाउन्ड मेसिनको माध्यमबाट क्यान्सर कुन चरणमा छ भन्ने सहजै पत्ता लाग्ने चिकित्सकहरूले बताएका छन् ।

सरकारी अस्पतालबाट सेवा शुभारम्भ गरेको खण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने भएकाले वीर अस्पतालबाट सेवा सुरु गर्न लागिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

सो मेसिनमा प्रयोग हुने सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो । पण्डितका अनुसार नयाँ प्रविधिले क्यान्सरको साधारण वा जटिल अवस्था र अन्यत्रबाट क्यान्सर सरे-नसरेको सहजै जानकारी दिनेछ । नेपाल हेल्थ केयर सोलुसनले वीर अस्पताललाई पहिलो चरणमा परीक्षणका लागि दुई सय किट दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू