अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

चीन र भारतलाई उछिन्दै नेपाली कफी विश्वबजार मै अब्बल

बिआरटीनेपाल २०७४ चैत २० गते १९:२२ मा प्रकाशित

काठमाडौं, चैत २१ । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ ।

लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा अब्बल स्थापित भएको हो ।

दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी अन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो ।

नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिश्पर्धामा ९० अंक पाएको यो पहिलो पटक हो ।

गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास वोर्डले जनाएको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू