अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

अज्ञांत महिलाद्वारा युट्युव मुख्यालयमा अन्दाधुन्द गोली प्रहार, आफ्नो ज्यान लिनु अघि चारको हत्या

पुरुशोत्तम ढकाल, लस एन्जलस २०७४ चैत २० गते १८:१३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २१ चैत । क्यालिफोर्नियाको सान ब्रुनोस्थित युट्युव मुख्यालयमा एक अज्ञांत महिलाले मङ्गलवार मध्यान्ह एक बजे आन्दधुन्द गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सान ब्रुनो प्रहरी प्रमुख एड बारबेर्नीले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार आन्दधुन्द गोली प्रहार गर्ने महिला घटना लगत्तै आफैले गोली प्रहार गरेर आफ्नो हत्या गरेको प्राम्भिक अनुमान गरेका छन् । बारबेर्नीका अनुसार गोली प्रहारबाट घाइते थप चार जनालाई उपचारको लागि स्थानीय अस्पताल पुर्‍याइएको छ । स्टानफोर्ड मेडिकल सेन्टरकी निर्देशक लीसा किमले गोली प्रहारबाट घाइते चार जनाको उपचार भइरहेको पुष्टि गरेकी छिन् । 

यस्तै गरी सान फ्रान्सिस्को जनरल हस्पिटलका ब्रेण्ट एन्ड्रुले पनि उक्त अस्पतालमा दर्जनौँ घाइतेको उपचार भइरहेको पुष्टि गरेकी छिन् । युट्युव मुख्यालयमा कार्यरत दर्जनौँ त्रसित कर्मचारीहरू घटना लगत्तै अपरान्ह १ बजे देखी बाहिरिएका थिए । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । घटनाका प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार घटना लगत्तै फायर फाइटर र प्रहरी घटनास्थल पुगेर बन्दुक र अन्य हतियार नियन्त्रणमा लिएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार बन्दुक बोकेर पछिल्लो भागबाट अभियुक्त महिला युट्युव मुख्यालय प्रवेश गरेकी थिइन् । उनीहरूले सुने अनुसार करिब ९ पटक बन्दुक पड्किएको आवाज सुनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू