अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 12:31

चलचित्र ‘हैरान’को फस्टलुक सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत २० गते ५:०३ मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र  ’हैरान’को फस्टलुक अन्तर्गत पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ ।

वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र फिल्म टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै सुरु गरिएको कार्यक्रममा फिल्मका कलाकारहरु सरोज खनालसँगै सत्यराज आचार्य , गजित विष्ट , सागर लम्साल ’बले’ , निश्मा घिमिरे , निर्मल शर्मा , आरोही शर्मा , एन्जल राई , पुस्कर रेग्मी लगायत उपस्थित थिए ।

फिल्ममा बुद्धि तामाङ , वसिम राजाको पनि अभिनय रहेको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लियर आउने तयारी गरिरहेका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा गीत लेख्नसँगै यसको कास्टिङ निर्देशन शान्तिप्रियले गरेका हुन् ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

सौगात विष्ट – पहिलो फिल्ममैले फ्यामिली ड्रामा बनाएको थिए भने यसपटक सस्पेन्स , थ्रिलर बनाउने कोसिस गरेको छु । मलाइ टेक्निकल निर्देशकको रुपमा अंकल गम्भीरले सहयोग गर्नु भएको छ । फिल्मको कथा सुहाउदो पात्र छनोट गरेका छौ । फिल्मको पोष्टर सार्वजनिक भएको छ , यसलाई हेरेर प्रतिक्रिया दिनु होला ।

सरोज खनाल – फिल्मको कथावस्तु निकै राम्रो छ । यसैले गर्दा मैले अभिनय गरेको हु । फिल्मको कथा रमाइलो बनेको छ , साथै टिमले राम्रो बनाउने कोसिस गरेका छौ । यसमा अघिल्ला फिल्म भन्दा केहि फरक नै छ । पोष्टरमा पनि हामी चरित्र अनुसार नै आफुलाई प्रस्तुत गरेका छौ ।

 

तस्वीर: आर्यन बिमली 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू