अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदी श्रेष्ठको पशुपती आर्यघाटमा अन्त्यष्टी

बिआरटीनेपाल २०७४ चैत २० गते ४:३६ मा प्रकाशित

चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदी श्रेष्ठको पार्थिव शरिरलाई पशुपती आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको छ ।

लामो समय देखी फोक्सो र आन्द्रकाको क्यान्सरबाट पिडित ६७ वर्षीय सुवेदीको गए राति १० बजे ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।

२०३० सालमा अन्तरजातिय प्रेम बिबाह गरेका मदनकृष्ण र यसोधा त्यतिबेलाको नेपाली समाजका एक उदाहरण हुन् । बिबाहको केहि समय परिवारले नस्वकारेर न्युरोडमा डेरा लिएर बसेका स्मृतीदेखी आजका चर्चित मदनकृष्ण बन्नमा गरेका संघर्षका कथा मदनकृष्णका सम्झनामा मात्र रहने छन् अव, उनिसंगै बसेर यसोधाले ति पलको दुख र रमाईलो साट्न पाउने छैनन् । सायद यहि कुराले दुखाएको होला मदनकृष्णलाई उनि पशुपति आर्यघाटमा डाँको छोडेर रोईरहेको दृश्यले सबैलाई रुवाईको थियो ।

उनलाई अन्तिम श्रृद्धाञ्जली दिनका लागी नेपाली कलाकारिताक्षेत्रका थुप्रै कलाकारहरुको उपस्थिती देखिन्थ्यो । यसोधा श्रेष्ठलाई गायक तथा कलाकार छोरा यमनले दागबत्ती दिएका छन् । २ सन्तानकी आमा यसोधाकी छोरी सह्राना श्रेष्ठ हाल अमेरिका रहंदै आएकी छन् र उनि पनि नेपाली संगीत क्षेत्रमा गायिकाको रुपमा परिचित छन् ।

प्रतिक्रिया