अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

दक्षिण अमेरिकी देश बोलिभियामा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बिआरटीनेपाल २०७४ चैत २० गते ४:१२ मा प्रकाशित

दक्षिण अमेरिकी देश बोलिभियामा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । बोलिभिया शहरबाट करीब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको स्थानमा केन्द्रविन्दु रहेको यो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १० बजेर ४० मिनेटमा गएको हो ।

आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार यस भूकम्पको प्रभाव छिमेकमा पर्ने देश ब्राजिल, एल साल्भाडोरमा पनि परेको छ ।

दक्षिण अमेरिकी यस देशमा आएको शक्तिशाली भूकम्पपछि मानवीय र सम्पत्तिको क्षति भएको समाचार हालसम्म प्राप्त नभएको बोलिभियाको भूकम्पमा विभागले जानकारी दिएको छ । तर भूकम्प शक्तिशाली भएकोले क्षतिको ठूलो सम्भावना रहेको र यसको खोजी जारी रहेको सरकारी अधिकारीको भनाइ रहेको छ ।

विशेषगरी साओ पाउलो र ब्रासिलियाजस्ता राज्यको आवासीय र कार्यालय भवनहरुमा भूकम्पको महसुश गरिएको बाताइको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू