अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

चाहना

अच्युत सिग्देल, न्यु योर्क २०७४ चैत १९ गते ११:२८ मा प्रकाशित

एकान्तमा कहि कतै भेट्न मन लाग्छ
तिम्रो दिलको व्यथा सारा सुन्न मन लाग्छ

कथा तिम्रो विगतको लेख्न वॉकि थियो
जलेका ती घाउका वास्ना आधि नै छ

जिन्दगीको यात्रा सॅगै गर्न पर्ने थियो
लड्खडाएका तिम्रा गोडा मैले थाम्नु थियो

विझेका काडा हरू फेरि झिक्न दिनु
सुम्सुम्याई आलो घाऊ चुम्न मलाई दिनु

अंधेरीमा हात समाई जुन सॅगै हिड्नु छ
सॅगै धड्किएका ढुकढुकि नाप्न वॉकि नै छ

फर्फराएका ओठहरू छुनै पर्ने थियो
सम्झिएर छाति टाॅसी रून मन लाग्छ

एकान्तमा कहि कतै भेट्न मन लाग्छ
तिम्रो दिलको वेथा सारा सुन्न मन लाग्छ।।

प्रतिक्रिया