अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४३ | Colorodo: 07:58

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ़्लोरिडा च्याप्टरको अध्यक्षमा निजानन्द मल्ल निर्बिरोध निर्वाचित

बिआरटीनेपाल २०७४ चैत १९ गते २२:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, फ़्लोरिडा च्याप्टरको अध्यक्षमा निजानन्द मल्ल निर्बिरोध निर्वाचित भएका छन् । प्रमुख निर्वाचन आयुक्त कृष्ण श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै सन् २०१८-२०२०, २ बर्से कार्यकालका लागि अध्यक्ष पदमामा मल्ल निर्बिरोध निर्वाचित भएको जानकारी गराएका हुन् ।

जारी विज्ञप्तिमा उल्लेख भए अनुसार च्याप्टरको वरिष्ठ उपाध्यक्षमा डा राजेन्द्र शाक्य, महासचिवमा शम्भु कंडेल तथा कोषाध्यक्षमा बुनि पाठक पनि निर्बिरोध निर्वाचित भएका छन् । 

निर्वाचित नयाँ कार्य समितिले अन्य पदाधिकारीहरूको मनोनयन गर्नेछ भने नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहको विस्तृत विवरणबारे च्याप्टरले छिट्टै जानकारी गराउने बताएको छ ।

च्याप्टरको निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तमा कृष्ण श्रेष्ठ र निर्वाचन आयुक्तमा डा. चुडामणि खनाल र विकास देवकोटालाई तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू