अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

शताब्दी पुरुष जोशीलाई सवारी र सुरक्षाकर्मी

बिआरटीनेपाल २०७४ चैत १९ गते १०:१८ मा प्रकाशित

ललितपुर, शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानस्वरुप ललितपुर महानगरपालिकाले चालकसहित सवारी साधन र एक सुरक्षाकर्मी प्रदान गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सो सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरवको महसुस गरेको बताउनुभयो । महाननगर प्रमुख महर्जनले जोशीजस्ता महान् व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताउनुभयो । 

गाडीका लागि आवश्यक खर्चसमेत महानगरपालिकाले बेहोर्ने बताइएको छ । यही चैत १५ गते बसेको महानगरकार्यपालिकाको बैठकले जोशीलाई सुरक्षाकर्मी र सवारी साधन प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू