अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना

बिआरटीनेपाल २०७४ चैत १९ गते १०:१३ मा प्रकाशित

 

काठमाडौँ,  नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको संयोजक बबिता बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौँको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश समितिको निर्वाचनका लागि मतदाता नामावली यथाशीघ्र उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

अर्काे बैठक २१ गते बुधबार बस्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघको प्रदेश समितिको निर्वाचन आगामी वैशाख २२ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू