अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

स्वीकृती नलिइ सेयर निष्कासन नगर्न संगठित संस्थालाई बोर्डको चेतावनी

बिआरटीनेपाल २०७४ चैत १९ गते ९:४९ मा प्रकाशित

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अनुमति विना निष्कासन भएका कुनै पनि सेयरमा लगानी नगर्न लगानीकर्तालाई सचेत गराएको छ । केही जलविद्युत कम्पनीले अग्राधिकरण सेयरको रूपमा सर्वसाधारणबाट लगानी उठाएको गुनासो आएपछि बोर्डले सोमबार सार्वजनिक सूचना प्रकाशित बोर्डको स्वीकृति विना निष्कासन गरिएको सेयर अवैद्यानिक हुने भन्दै यस्ता काम नगर्न जलविद्युत कम्पनीलाई सचेत गराएको छ ।

युनिभर्सल पावर कम्पनी लिमिटेड, साहस ऊर्जा लिमिटेड, दोर्दिखोला जलविद्युत कम्पनी लिमिटेडलगायतले सूचना प्रकाशित गरी सेयर बिक्री गरेपछि बोर्डले अंकुस लगाएको हो ।

बोर्डले केही जलविद्युत कम्पनीले सेयर निष्कासन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसो नगर्न निर्देशन दिएको हो । बोर्डले कतिपय जलविद्युत कम्पनीहरूले बोर्डमा दर्ता नगरी सेयरमा लगानी गर्न सार्वजनिक रूपमा सूचना प्रकाशित गरेको भन्दै आपत्ति जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ले सङ्गठित संस्थाले आफूले निष्कासन गर्ने धितोपत्र निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने स्पष्ट व्यवस्था गरेको जानकारी दिएको छ ।

धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारणलाई सेयर बिक्री गर्नु गैरकानुनी भएको जानकारी दिँदै स्वीकृति लिएर दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र सेयर निष्कासन गर्न सबै कम्पनीलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू