अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

सोमवार पनि सेयर बजार घट्यो

बिआरटीनेपाल २०७४ चैत १९ गते ९:४५ मा प्रकाशित

काठमाडौं,  सोमबार पनि सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । बाम गठबन्धन नेतृत्वको सरकार बनेपछि क्रमश ओरालो लागेको बजार शुक्रबार सरकारले श्वेतपत्र जारी गरेपछि सुधारिने अपेक्षा गरिएपनि घट्नेक्रम भने रोकिएको छैन ।

सोमबार बजार ३.२८ अंकले घटेर ११९२.९६ को बिन्दुमा झरेको छ । त्यसदिन कारोबारमा आएको फाइनान्स बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ ।फाइनान्स समूहको परिसूचक ३.४७ अंकले बढेको छ । १ सय ५६ कम्पनीको २० करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यस्तै आज बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । करोबार रकम हिजोको तुलनामा १० करोडले कम हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू