अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

वीरगन्जको एकीकृत जाँचचौकी हस्तान्तरण

बिआरटीनेपाल २०७४ चैत १९ गते ९:४१ मा प्रकाशित

काठमाडौं, १९ चैत्र । भारत सरकारको सहयोगमा निर्माण भएको वीरगन्जस्थित जाँचचौकी आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, सचिव चन्द्रकुमार घिमिरे, नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, जाँचचौकी व्यवस्थापक नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका अधिकारीहरुको उपस्थितिमा जाँचचौकी हस्तान्तरण गरिएको हो ।

सन् २०११ बाट निर्माण शुरु भएको जाँचचौकी भारततर्फ निर्माण सम्पन्न भएको झण्डै दुईवर्षपछि सम्पन्न भएको हो । भारत सरकारको विदेश मन्त्रालयले सन् २००८ मा भारतसँगको चार प्रमुख सीमा नाकामा एकीकृत जाँचचौकी बनाइदिने सम्झौता गरेको हो । पहिलो चरणमा वीरगन्ज र विराटनगरमा निर्माण अघि बढाउने सम्झौता भएको थियो । वीरगन्ज जाँचचौकी हस्तान्रण सम्पन्न भइसकेकोले दुईसातापछिदेखि सञ्चालनमा आउने नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेतले जानकारी दिए ।

एकीकृत जाँचचौकी सञ्चालनसँगै भन्सार जाँचपास प्रक्रियामा सरलीकरण भई व्यापारको लागत घट्ने अपेक्षा गरिएको छ । जाँचचौकीमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, बैंक, प्रयोगशाला लगायत वैदेशिक व्यापारसँग सम्बन्धित सबै निकायहरु एकै स्थानमा रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू