अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

पेट्रोलियम पदार्थको मूल्य प्रति लिटरमा २ रूपैयाँ बृद्धि

बिआरटीनेपाल २०७४ चैत १९ गते ९:३८ मा प्रकाशित

काठमाडौं, नेपाल आयल निगमलेपेट्रोलियम पदार्थको मूल्य वृद्धिगरेको छ । निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य लागू भएपछि पेट्रोल प्रतिलिटर १०५ रुपैँया र डिजेल ८५ रुपैँया प्रतिलिटर कायम भएको छ । निगमले अन्तर्राष्ट्रिय मूल्य प्रणाली अनुसार इण्डियन आयल कर्पोरेसनले अप्रिल १ मा पठाएको स्थानीय मूल्य सूची अनुसार मूल्य निर्धारण गरेको हो । 

इण्डियन आयल कर्पोरेसनले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्टिय बजार मूल्य अनुसार निगमलाई पेट्रोलियम आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू