अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

थ्री–स्टार क्लबले तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्यो

बिआरटीनेपाल २०७४ चैत १९ गते ९:३१ मा प्रकाशित

बुटवल, थ्री–स्टार क्लबले तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालीका मानव ज्ञान माविको मैदानमा आज भएको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिए पनि त्यसलाई मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले जोगाउन नसक्दा मनाङ पराजित भयो । आजको खेलको दुई मिनेटमा मनाङ–मस्र्याङ्दीका विशाल रानाले र थ्री–स्टारका अनन्त तामाङ र विदेशी खेलाडी मार्टिनले क्रमशः ६९ र ८२ मिनेटमा गोल गरेका थिए । उपाधिसँगै थ्री–स्टारले रु १५ लाख पुरस्कार पाएको छ । 

गोल्डकपको उपाधि जित्न सफल टिमलाई प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पुरस्कार तथा कप प्रदान गर्नुभएको थियो । १५ दिनभित्र बुटवलमा दोस्रो उपाधि जितेको थ्री–स्टारको यो वर्षको यो चौथो उपाधि हो । बुटवलमा उसले १५ दिनअघि गत महिना मात्र तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो ।

उपविजेता मनाङले रु सात लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता टिमलाई पनि मुख्यमन्त्री पोखरेलले पुरस्कार र कप प्रदान गर्नुभएको थियो । प्रतियोगितामा मनाङ–मस्र्याङ्दीका अञ्जन विष्ट सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले नगद रु ५० हजारसहित पुरस्कार पाएका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि विष्टले नै जितेका छन् । उहाँले रु १५ हजार नगदसहित पुरस्कार पाएको छ ।

त्यस्तै उत्कृष्ट गोलकिपर मदन भण्डारीका विनायक श्रेष्ठ, उत्कृष्ट गोलरक्षक थ्री–स्टारका विदेशी खेलाडी पिटर, उत्कृष्ट मध्यपंतीमा निराजन खड्का, उत्कृष्ट फर्वाडमा विदेशी खेलाडी मार्टिन र उत्कृष्ट कोचमा मेघराज केसीले पुरस्कार जितेका छन् । प्रत्येकले जनही रु १५÷१५ हजार प्राप्त गरेका छन् ।

यही चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा राष्ट्रियरुपमा ए डिभिजनका ९ वटा समूह र अन्तर्राष्ट्रियरुपमा मलेसियाबाट एउटा समूह गरी यो खेलमा जम्मा १० समूह सहभागी थिए ।

प्रतिक्रिया