अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

‘मैनाली कथा पुरस्कार’ र ‘मैनाली कथा सम्मान’ कथाकार राजेन्द्र विमल र आख्यानकार लोकेन्द्रबहादुर चन्दलाई

बिआरटीनेपाल २०७४ चैत १९ गते ८:४५ मा प्रकाशित

आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा रु. एक लाख एक हजार राशीसहितको स्थापित मैनाली कथा पुरस्कार वरिष्ठ कथाकार राजेन्द्र विमललाई प्रदान गरिएको छ भने र मैनाली कथा सम्मानबाट वरिष्ठ आख्यानकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक पत्रकार संघद्वारा आयाजित ३६ औं कथा दिवस समारोहको मा कथाकार विमल र आख्यानकार चन्द सम्मानित भएका हुन् ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कथा दिवस समारोहमा समारोहमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कुलपति गङ्गाप्रसाद उप्रेती, सम्मानित स्रष्टा राजेन्द्र विमल, पूर्व मन्त्री आर. के. मैनाली, प्राज्ञ मातृका पोखरेल, डा. शान्तिमाया गिरी, दामोदर पुडासैनी, अध्यक्ष राधेश्याम लेकाली र महासचिव पुष्पा खनालले आआफ्नो मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न समारोहमा श्रीॐ श्रेष्ठ रोदन, गोपाल अस्क, किशोर पहाडी, तुलसीहरि कोइराला, मन्दिरा मधुश्री, सुमन बर्षा, सुमन सौरभ, राधा कार्की, पुष्कर भट्टले आआफ्नो लघुकथा वाचन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू