अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प दर्जनौं घाईते

बिआरटीनेपाल २०७४ चैत १९ गते ०:४७ मा प्रकाशित

इरानमा आइतबार गएको ५.३ म्याग्निच्युडको भूकम्पमा परि दुई दर्जन बढि मानिस घाईते भएका छन् । इरानको केरमानशाह प्रान्तमा आईतबार दिउँसो दिउसो १ बजेर ३५ मिनेटको समयमा गएको भुकम्पमा परि स्थानिय ब्यक्तीहरु घाईते भएका हुन् ।

सारपोल जहाव शहरलाई केन्द्रविन्दु बनाएर गएको सो भुकम्प ३४।४२१ डिग्री उत्तरी अक्षांश र ४५।८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।

गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने आठ हजार व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू