अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

शिव परियारको मात नलाग्ने सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत १८ गते २१:५२ मा प्रकाशित

चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोता सामु नया गीत लिएर आएका छन् । नेपाली सांगीतिक आकाशमा कयौं हिट गीत दिएका परियारले ‘मात नलाग्ने’’बोलको गीतका भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । 

शिवको एघारौ एल्बम शिवालयमा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ । गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ। गीतको कोरियोग्राफर समर राजले गरेका हुन् ।

यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र “हल्ला हल्ला मै माया” जसत हिट बजारमा आइसकेका छन् । मेरो अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए।

म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया