अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

आर्थिक गणनाका लागि गणक तयार

बिआरटीनेपाल २०७४ चैत १८ गते २०:४५ मा प्रकाशित

चितवन,  यही वैशाख १ गतेबाट नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि गणक छनोट प्रक्रिया सम्पन्न भएको छ । जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख जीवनाथ आचार्यका अनुसार ८२ गणक छनोट भइसकेका र १२सुपरीवेक्षक अन्य कार्यालयबाट काजमा झिकाइँदै छ ।

गणक र सुपरीवेक्षकलाई यही चैत २१ गतेबाट तालीम दिने र तालीमपछि जेठ मसान्तसम्ममा आर्थिक क्रियाकलाप हुने ठुला औद्योगिक प्रतिष्ठानदेखि फुटपाथमा व्यापार गर्नेसम्मलाई गणनामा समावेश गरिँदै छ । मासिक आम्दानी, खर्च, रोजगारीको अवस्था, दर्ता लगायतका विषयमा गणकहरूले जानकारी लिनेछन् । यसबाट देशको कूल ग्रार्हस्थ उत्पादन, कुन क्षेत्रको कस्तो छ र कस्तो योगदान दिइरहेको छ, भन्ने विषयमा प्रस्ष्ट हुने उहाँले बताउनुभयो ।

कार्यालयले सबैलाई गणना कार्यमा सहयोग पुर्‍याउन आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू