अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

दोहोरो अंकले घट्यो शेयर बजार

बिआरटीनेपाल २०७४ चैत १८ गते २०:३९ मा प्रकाशित

काठमाडौँ,  धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अङ्कले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ ।आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ ।

आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैङ्किङ २२.०१, होटेल २७.२९, विकास बैङ्क ३६.१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बिमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स २६.२४ बिन्दुले ओरालो लागेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गर्नुभएपछि बजार बढ्ने आस गरिएको भए पनि बजारले सोअनुसार काम नगरेको सम्बद्ध पक्षको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू