अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

मन्त्रिस्तरीय सम्मेलनमा परराष्ट्रमन्त्रीले भागलिने

बिआरटीनेपाल २०७४ चैत १८ गते २०:३६ मा प्रकाशित

काठमाडौँ,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अजरबैजानको राजधानी बाकुमा यही चैत २२ र २३ गते हुने असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत २१ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

दिगो विकासका लागि अन्तर्राष्ट्रिय शान्ति सुरक्षाको प्रवर्द्धन विषयक उक्त सम्मेलन अगाडि सदस्यमुलुकका वरिष्ठ अधिकारीहरूको बैठक यही चैत २० र २१ गते हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वरिष्ठ अधिकारीहरूको उक्त बैठकले नामको अघिल्लो सम्मेलनको समीक्षा गर्नुका साथै आगामी वर्ष हुने शिखर सम्मेलनको तयारी गर्नेछ । मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र ‘काउन्सेलर’ सुरेन्द्र थापाले भाग लिनुहुनेछ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र हो । उक्त आन्दोलनका सिद्धान्त नेपालको परराष्ट्रनीतिका महत्त्वपूर्ण तत्त्व हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू