अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

मदन भण्डारी राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार कमल कोइरालालाई

बिआरटीनेपाल २०७४ चैत १८ गते ९:५९ मा प्रकाशित

काठमाडौँ, वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ प्रदान गरिने निर्णय भएको छ । उक्त पुरस्कार नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागले स्थापना गरेको हो ।

विभागको आज बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । पुरस्कारको राशि रु ५१ हजार र सम्मानपत्र रहनेछ । 

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा सदस्य डा महेन्द्र विष्ट र शीतल साह रहेको छनोट समितिले कोइरालालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार बुधबार दिइनेछ । गत वर्ष पहिलो पटक उक्त पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू