अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने

बिआरटीनेपाल २०७४ चैत १८ गते ९:२९ मा प्रकाशित

नेपालमै पहिलो पटक देशव्यापी रूपमा वैशाख २ गते आइतबारदेखि राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरूले मुलुकभरका ७७ वटै जिल्लाहरूमा एकैपटक गणना सुरु गर्ने भएको हो ।

राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालय काठमाडौँ र नेपाल चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको गोष्ठीमा यसबारे जानकारी दिइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले नेपालमै पहिलो पटक नयाँं वर्षको सुरुवातसँंगै गणनाको काम सुरु हुने जानकारी दिनुभयो । वैशाख १ गते शनिवार परेकाले देशैव्यापी रूपमै वैशाख २ गते आइतबारदेखि काम सुरु हुने उहाँंले जानकारी दिनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले सङ्घ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरूको व्यावसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था थाहा पाउन गणना गर्न लागिएको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज वैद्यले गणनाबाट मुख्यतया आर्थिक क्रियाकलापअनुसार प्रतिष्ठानहरूको कुल सङ्ख्या स्थिति समन्धीको तथ्याङ्क आदि प्राप्त हुने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ऐतिहासिक यस काममा सहयोग गर्न निजी क्षेत्र तत्पर रहेको बताउनुभयो । यसले मुलुकको आर्थिक विकासमा सहयोग हुने विश्वास उहाँंले व्यक्त गर्नुभयो ।

तथ्याङ्क सङ्कलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालित हुने कार्यक्रममा जनाइयो । तथ्याङ्क सङ्कलनपछि यसको प्रशोधन, सार्वजनिकीकरणलगायतका पाँंच वर्षे यो योजनाका लागि झन्डै ४० देखि ५० करोड खर्च हुने कार्यक्रममा बताइयो । जिल्ला आर्थिक गणना कार्यालय काठमाडौँका आर्थिक गणना अधिकृत एवं निर्देशक रामबन्धु रेग्मीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू