अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार

बिआरटीनेपाल २०७४ चैत १८ गते ८:४७ मा प्रकाशित

कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । सशस्त्र प्रहरीको टुकडीको सलामी अर्पण सहित स्व. नेता खड्काको पाथिृव शरिरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

नेता खड्कालाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवासहित काँग्रेस नेताहरु, अन्य दलका नेताहरु तथा शूभचिन्तकहरु आर्यघाट पुगेका थिए ।

नेता खड्कालाई छोरा अनुरागले दागबत्ती दिए । अनुराग बेलायतबाट आउँदा भारतबाट फ्लाइट छुटेपछि आउन ढिला गरेका थिए । उनी आउन ढिलाई गर्दा पार्टी कार्यालयमा दिइएने श्रद्धाञ्जलीको कार्यक्रम फेरबदल गर्नु परेको थियो ।

यसअघि, कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथां पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।

खड्काको चैत १६ गते साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारमै रहँदा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू