अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

चलचित्र ‘ब्ल्याक’को ‘पल पल हरपल’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत १८ गते ६:५७ मा प्रकाशित

चलचित्र ‘ब्ल्याक’को पल पल हरपल गीत बोलको गीत सार्वजनिक भएको छ । आउँदो जेठ ११ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ब्ल्याक’ मा समावेश ‘पल पल हरपल’ बोलको गीत आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

डा.कृष्णहरी बरालको शब्द र महेश खड्काको संगीत रहेको पल पल हरपल गीतमा सुगम पोखरेलको स्वर रहेको छ ।
प्रदिप श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ब्ल्याक’को आज सार्वजनिक गीतमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ ।

रामजी लामिछाने कोरियोग्राफर रहेको गीत मुस्ताङमा छायांकन गरिएको हो । निर्मात्री आश्मा पाण्डेको लगानीमा निर्मित चलचित्रका चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा आँचल शर्मा, धिरेन शाक्य, आकाश श्रेष्ठ, आयुष रिजाल, सुन्दर श्रेष्ठ, सुशिल श्रेत्री, प्रिया रिजाल लगायका कलाकार प्रमुख भूमिकामा रहेका छन् ।

प्रतिक्रिया