अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

कलाकर्मी र रंग पत्रकारका लागि प्रधानमन्त्री निवासमा दिवाभोजको आयोजना-यस्ता छन् प्रम ओलीका प्रतिवद्धता

बिआरटीनेपाल २०७४ चैत १७ गते १२:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकर्मी र चलचित्र पत्रकारका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा दिवाभोजको आयोजना गरे । हिजो सम्पन्न दोस्रो फान अवार्डका बिजेता, कलाकर्मी तथा रंग पत्रकारका लागि आफ्नै ब्यक्तीगत खर्चबाट प्रधानमन्त्रीले दिवाभोजको आयोजना गरेका हुन् ।

नेपाल चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेको संयोजकत्वमा हिजो सम्पन्न दोस्रो फान अवार्ड–२०७३ का लागि प्रमुख अतिथिका रुपमा सहभागी भएका प्रधानमन्त्री ओलीले आज बालुवाटारमा राखेको दिवाभोजमा नेपाली चलचित्र क्षेत्रका पुराना कलाकर्मीहरुको बाहुल्यता देखिन्थयो भने दिवाभोजमा अहिलेका चर्चित कलाकार र चलचित्र प्रत्रकारितामा क्रियाशिल पत्रकारहरुको पनि बाक्लो सहभागीता रहेको थियो ।

हिजो सम्पन्न फान अवार्डमा नेपालको चलचित्र उद्योगलाई विकास गर्न सरकारले यथाशक्य सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका ओलीले यसपालीको आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि सहभागी गराउने बताएका छन् ।
आफु भित्रको पिडालाई लुकाएर पनि संसारलाई मनोरञ्जन प्रदान गर्ने कलाकारको योगदान अतुलनिय रहेको भन्दै प्रधानमन्त्री ओलीले केही समयपछि नै भारतका कलाकारहरुलाई नेपालमै बोलाएर यहाँका कलाकारसँग अन्तरक्रिया गराउने आफ्नो योजना रहेको बताएका छन्।

सरकारी ढुकुरी अनावश्यका काममा रित्ताउने प्रवृतीको अन्त्य गर्नुपर्ने धारणा राखेका ओलीले आजको दिवाभोज पनि आफ्नै ब्यक्तीगत खर्चमा आयोजना गरेका हुन् । भ्रस्ट्रचारिलाई किरा परोस् भनेर सरापेर मात्र बस्नुले यसको अन्त्य नहुने भन्दै उनले देशको ढुकुटीको दुरुपयोग गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने बताए ।

नेपाली कला र शिक्षा क्षेत्रले देश बिकासमा महत्वपुर्ण योगदान पुर्याउने हुँदा महिला शिक्षा र कला क्षेत्रको प्रवद्धनका लागि आफ्नो सरकारले बिषेश जोड दिने बताउँदै बैसाख ५ गतेका दिनलाई नयाँ बिद्यार्थी भर्ना दिवसका रुपमा मनाईने घोषणा गरेका छन् । राज्यका प्रत्यक नागरिकले एउटी बालिकालाई बिद्यालय भर्ना भर्नुपर्ने बताउँदै उनले आफुले पनि २०७४ साल बैसाख ५ गते एउटी छोरीलाई बिद्यालय भर्ना गर्न लागेको बताए । 

बिद्यालय जानबाट बन्चित छोरीहरुलाई बिद्यालय भर्ना अर्ने अभियान सुरु गर्न लागेका प्रम ओलीले आफ्नो सरकार र विभिन्न पार्टीका सबै नेताहरुले यो बर्षबाट एक एक जना छोरी बिद्यालय भर्ना गर्नु पर्ने नियम लागु गर्ने योजना ब्यक्र गरेका छन् । 

२०० जना भन्दा बढि कलाक्षेत्र संग आवद्ध ब्यक्तीहरुको सहभागीता रहेको प्रधानमन्त्री निवासको दिवाभोजको औपचारिक कार्यक्रम दिनेश डिसीले संचालन गरेका थिए भने नेपाल कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीले कलाकारका तर्फबाट आफ्नो मन्तब्य राखेका थिए ।

गत बर्ष पनि प्रधानमन्त्री ओलीले पहिलो ‘फान अवार्ड’ विजेताको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए ।

MORE PICTURES CLICK HERE

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू