अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

‘मिस्टर एण्ड मिस के टाउन’को उपाधी पुस्कर र अप्सरालाई

बिआरटीनेपाल २०७४ चैत १६ गते २२:५८ मा प्रकाशित

‘मिस्टर एण्ड मिस के टाउन’ सिजन २ को उपाधी पुस्कर खत्री र अप्सरा अधिकारीले जितेका छन् । गएको सोमबार काठमाडौंको कमलादीस्थित ‘सि डब्ल्यु रेस्टा्रे’मा सम्पन्न फिनाले कार्यक्रममा फस्ट रानअप हरि मानन्धर, सेकेण्ड रनअप कृष्ण दाहाल भएका थिए । साथै बिजेता पुस्कर खत्रीले फोटोजेनिक र वेस्ट वाकको उपाधी पनि हातपार्न सफल भएका थिए ।

हरि मानन्धर मोस्ट ट्यालेन्ट, मोस्ट सोसियल कृष्ण दाहाल, मोस्ट ह्यान्डसम् राजेश बुढाथोकि, वेस्ट फिजिक रोजन कार्की तथा अर्गनाइजर्स चोइस र वेस्ट पर्सानालिटी भने आकाश लामाले जित्न सफल भएका थिए ।

त्यसैगरी मोस्ट बिउटिफुल को उपाधी भने अप्सरा अधिकारी र वेस्ट फिगर मन्दीरा थापाले जितिन् । उपाधी जित्न सफल सबैलाई बधाइ दिदैँ यस कार्यक्रमबाट थप युवाहरु प्रोत्साहित हुन सक्ने इभेन्ट म्यानेजर मेग महर्जनले बताए । ब्लु रेज प्रोडक्सनले आयोजना गरेको प्रतियोगितालाई बेनिश भण्डारी र निरुता स्याङतानले संयुक्त रुपमा कोरियोग्राफी गरेका थिए कार्यक्रमको सञ्चालन भने कोरियोग्राफर वेनिश भन्डारीले नै गरेका थिए । इभेन्ट म्यानेजरको रुपमा मेघमर्हजनसाथै इभेन्ट कोडीनेट अमोल खड्का, निरन अवाल र अस्मिता तामाङले गरेका थिए ।

प्रतिक्रिया