अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

फान अवार्ड सम्पन्न:  निर्देशक सम्भु प्रधानमाथी ‘माग्नेबुढा’को ब्यङग्य बिषेश आकर्षण

बिआरटीनेपाल २०७४ चैत १६ गते ११:३० मा प्रकाशित

दोस्रो फान अवार्ड २०७३ सम्पन्न भएको छ । नेपाल कलाकार सङ्घको आयोजनमा आज काठमाडौंको आर्मी अफिसर क्लवमा अवार्ड बितरण संगै कलाकारका बिबिध प्रस्तुती सहित दोस्रो फान अवार्ड सम्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न अवार्डमा बर्षका लोकप्रिय नायक नायिकाका रुपमा प्रदिप खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई स्टार अफ द ईयरबाट सम्मानित गरिएको छ ।

यस बर्षको दिर्घ साधना सम्मान २०७४ बाट बरिष्ठ कलाकार निर शाह सम्मानित भएका छन् । बिगत ५ दशकदेखी नेपाली चलचित्रका क्रियाशिल कलाकार शाहलाई ताम्रपत्र सहित नगद रु १ लाख ११ हजार १ सय ११ रुपैंया प्रदान गरिएको छ ।

त्यस्तै चलचित्र पत्रकारिता बिषेश सम्मानबाट राजधानी दैनिकका फिचर संयोजक पत्रकार धु्रव लम्साल र नया पत्रिका दैनिकबा उप सम्पादक लक्ष्मण सुवेदीलाई सम्मान गरिएको छ ।

आवार्ड समारोहमा उत्कृष्ठ कथा चलचित्र जात्राबाट प्रदिप भट्टराईले अवार्ड जीतेका छन् भने पटकथा तर्फको अवार्ड छक्कापन्जाबाट दिपक राज गीरिले प्राप्त गरेका छन् ।

त्यस्तै उत्कृष्ठ संवादको अवार्ड दिपकराज गिरी, केदार घिमिरे र जीतु नेपालले छक्का पन्जाबाटै पाए भने द्वन्द निर्देशक तर्फको अवार्ड चलचित्र जय परशुरामबाट एन वि महर्जनले हात पारे ।

उत्कृष्ट छायाँकारका रुपमा डाईङ्ग क्याण्डलका छायांकार  रविन आचार्यले र उत्कृष्ठ नृत्य निर्देशक तर्फको अवार्ड कविराज गहतराजले जीतेका छन् ।

यस बर्षको फान अवार्डमा गायिका मिना निरौलाले लुट २ को ठमेल बजारबाट उत्कृष्ठ गायिका बन्न सफल भईन् भने पुरानो डुङगा चलचित्रको निर जैले रिसाउनेले काली प्रसाद बास्कोटालाई उत्कृष्ठ गायकको अवार्ड दिलाएको छ ।

संगीतकार तर्फको अवार्ड छक्का पन्जाको पूर्व पश्चििम गीतबाट राजनराज शिवाकोटी र गीतकार तर्फ शब्द चलचित्रको हरपल रुवाउँछ दुनियाँ गीतबाट डा. कृष्णहरी बरालले अवार्ड प्राप्त गरेका छन् ।

२४ बिधामा प्रदान गरिएको अवार्ड समारोहमा कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले चलचित्र ‘कृ’ले गीत चोरोको आरोपमा ११ लाख क्षतिपुर्ती लिएका निर्देशक सम्भु प्रधानमाथी गरेको ब्यङग्य बिषेश आर्कषक बनेको थियो । उनले पुरानो चलचित्रको एक हरप गीतको ११ लाख लिन पाईन्छ भने चलचित्र नै मेल खायो भने त कति हो कती भन्दै ‘सम्भु होईन चम्बु’ भन्ने संवाद सहिद यस बिषयललाई प्रस्तुत गरेका थिए भने करिस्मा मान्धर र कर्मा, शुष्मा कार्कीे, छिक्षिता शाक्य, रेजिना उप्रेती, पल शाह  लगायतको नृत्य र कोरियोग्राफी पनि आर्कर्षक थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड समारोहलाई संबोेधन गर्दै यसपालिको आफ्नो भारत भ्रमणमा एकजना कलाकारलाई पनि सहभागी गराउने बचन दिनुका साथै छिट्टै भारत र नेपालका कलाकारबिच अन्तक्रिया गरी कला क्षेत्रको विकास र विस्तारमा थप सहयोग गर्ने बचन दिएका छन ।

समाजमा जागरण र परिवर्तनका ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताउँदै समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने प्रधानमन्त्री ओलीको भनाई छ । 

उनले भने  “कला क्षेत्रको विकास गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्छु, कलाकारले सामाजिक जीवनको समग्रताको पक्षमा चलचित्र निर्माण गर्नुपर्छ ।”

अवार्ड समारोहमा नेपाल कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीले कलाकार सङ्घको भवन निर्माणका लागि जग्गा प्रदान गर्न सरकारसँग आग्रह गरेका छन् भने सङ्घकी महासचिव सरिता लामिछानेले चलचित्रको विकास र विस्तारका लागि सरकारले सहयोग गर्नु पर्नेमा जोड दिएकी छन् ।

अवार्ड समारोहमा नेपालकी पहिलो नायिका भुवन चन्द देखी नव नायक नायिका देखी नव नायिका सम्मको बाक्लो उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू